प्रधानमन्त्रीले ३ करोड जनतालाई हेप्नुभयो – एमाले सांसद पोखरेल

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्रीले दिएको नेपाल–भारत सीमासम्बन्धी हालैको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद्‌मा स्पष्टीकरण दिनुपर्ने माग गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिपछि १९ दिन बितिसक्दा पनि कुनै आत्मालोचना नआएको बताउँदै देश र जनतालाई हेपेको टिप्पणी गरे । 

पोखरेलले भने,‘प्रधानमन्त्रीज्यूले जे कुरा अभिव्यक्त गर्नुभयो, आज १९ दिन भयो उहाँले संसदमा आएर यसको विषयमा मैले गल्ती गरे भन्नुभएको छैन । देशलाई हेप्नुभयो । तीन करोड नेपाली जनतालाई हेप्नुभयो । राष्ट्रविरुद्ध बोल्नुभयो । प्रधानमन्त्रीको बोलीले राष्ट्रघात भयो । त्यसैले प्रधानमन्त्री संसदमा आएर यसविषयमा स्पष्ट पार्नुपर्छ ।’

त्यसैगरी, पोखरेलले कर छली गरेर भित्र्याइएका बीवाईडी गाडी प्रकरणबारे संसदीय छानबिन समिति गठन गर्न पनि माग गरेका छन् ।

उनले यस विषयमा निष्पक्ष छानबिन आवश्यक रहेको भन्दै सरकारको जवाफदेहितामा जोड दिएका छन् ।

पोखरेलले भने, ‘प्रधानमन्त्रीले संसद्‌मा आएर आफ्नो भनाइलाई सच्याउन, प्रधानमन्त्रीको भनाई रेकर्डबाट हटाउन र कर छली गरेर भित्र्याइएका बीवाईडीका गाडीका सम्बन्धमा संसदीय छानबीन समिति बनाउन माग गर्छु ।’ 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार