रोनाल्डोको निराशाजनक प्रदर्शन : कंगोसँगको खेल अवधिभर २५ पटक मात्र बल छोए

काठमाडौं / पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले फिफा विश्वकप २०२६ को पहिलो खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन् । डिआर कंगोसँग १–१ गोलको बराबरीमा टुंगिएको खेलमा उनले जम्मा २५ पटक मात्र बल छोएका थिए । यो उनको विश्वकप करिअरकै सबैभन्दा कम सक्रिय प्रदर्शनमध्ये एक मानिएको छ ।

ईएसपीएन एफसीका अनुसार खेलभर रोनाल्डोले तीन पटक गोलपोष्टमा प्रहार गरे पनि कुनै पनि प्रहार लक्ष्यमा पुग्न सकेन । अधिकांश समय डिआर कंगोको रक्षापंक्तिले उनलाई प्रभावहीन बनाइरह्यो । रोनाल्डोको सीमित सहभागिताले पोर्चुगलको आक्रमणमा समेत असर परेको देखियो । विश्व फुटबलका चर्चित फरवार्डका रूपमा चिनिने उनी यस खेलमा विपक्षी रक्षकहरूको कडा निगरानीमा परेपछि प्रभाव जमाउन असफल भएका हुन् ।

खेलको छैटौं मिनेटमा जोआओ नेभेसले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी समयमा डिआर कंगोका योआन विस्साले बराबरी गोल फर्काएपछि खेल १–१ को अवस्थामा पुग्यो । दोस्रो हाफमा पोर्चुगलले केही अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार