नेपालको विकास सहकार्यका लागि जर्मनीबाट ३ करोड ७६ लाख युरो सहयोग

काठमाडौँ – संघीय गणतन्त्र जर्मनीले नेपालको आर्थिक तथा सामाजिक विकासका क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यसहित आगामी दुई वर्षका लागि ३ करोड ७६ लाख युरो बराबरको सहायता उपलब्ध गराउने भएको छ।

नेपाल-जर्मनी विकास सहकार्यसम्बन्धी द्विपक्षीय वार्ताका क्रममा जर्मनीले प्राविधिक तथा वित्तीय सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।

वार्तामा दुवै देशबीच ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रलाई आगामी सहकार्यका मुख्य प्राथमिकताका रूपमा अघि बढाउने सहमति भएको छ।

नेपालतर्फबाट अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख धनीराम शर्माले प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए भने जर्मनीतर्फ आर्थिक सहयोग तथा विकाससम्बन्धी संघीय मन्त्रालय (बीएमजेड) अन्तर्गत दक्षिण एसिया महाशाखाकी प्रमुख बार्बरा शेफरले टोलीको नेतृत्व गरेकी थिइन्।

जर्मनीबाट प्राप्त हुने सहयोग नवीकरणीय ऊर्जा प्रवर्द्धन, ऊर्जा दक्षता अभिवृद्धि, विद्युत् वितरण प्रणाली सुधार, वातावरणमैत्री तथा उत्थानशील कृषि विकास, राजस्व प्रणाली सुधारलगायतका क्षेत्रमा परिचालन गरिने जनाइएको छ।

यसैगरी सहयोग रकम गुणस्तरीय पूर्वाधार निर्माण, लैंगिक समानता प्रवर्द्धन, दिगो आर्थिक गतिविधि विस्तार र वित्तीय पहुँच बढाउने कार्यक्रमहरूमा समेत उपयोग गरिने बताइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार