राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश पदाधिकारी सर्वसम्मत रूपमा निर्वाचित

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश तहको नयाँ नेतृत्व चयन भएको छ। प्रदेश सभापति र सदस्य पदमा निर्वाचन भएको भए पनि अन्य अधिकांश पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन भएका हुन्।

निर्वाचनबाट प्रकाश बिष्ट प्रदेश सभापतिमा निर्वाचित भएका छन्। यस्तै, उपसभापतिमा भोजराज जोशी, महामन्त्रीमा सन्तोष जोशी तथा प्रवक्तामा तेजबहादुर ठकुल्ला चयन भएका छन्।

पारस बाहुनलाई सहमहामन्त्री तथा संगठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ भने जशु भट्ट सहमहामन्त्रीमा चयन भएका छन्। कोषाध्यक्ष पदमा गणेशबहादुर बोहरा निर्वाचित भएका छन्।

नवनिर्वाचित पदाधिकारीहरूले संगठनलाई थप सशक्त, जनमुखी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रदेशभर पार्टीको संगठन विस्तार, सुदृढीकरण तथा जनतासँगको सम्बन्धलाई अझ मजबुत बनाउने दिशामा नयाँ नेतृत्वले सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार