सीमा क्षेत्रमा पर्खाल लगाउनुपरे लगाइयोस् : आशिका तामाङ

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले सुस्तामा एसएसबीको गतिविधिको वास्तविकताबारे सरकारसँग जानकारी माग गरेकी छन् । सोमबार (असार १) प्रतिनिधिसभा बैठकमा उनले त्यहाँका जनतालाई भारतीय पक्षबाट धम्क्याइएको विषयपछि सरकारले चालेको कदम र आउँदो रणनीतिबारे जानकारी दिन पनि आग्रह गरिन् ।

उनले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्र नेपालको सार्वभौमिकता, अखडतासँग जोडिएको संवेदनशील विषय भएको बताइन् । “कुनै पनि राष्ट्रको सार्वभौमिकताको आधार भनेको भूभागको संरक्षरण र सीमाको सुनिश्चितता हो । यदि, राज्यले आफ्नो भूमि र सीमाको रक्षा गर्न सकेन भने त्यसले देशको सार्वभौकितामै प्रश्न उठाउँछ,” उनले भनिन् ।

सीमासम्बन्धी विषयमा सत्यतथ्य छानिबन गरी आवश्यक कूटनीतिक पहल गर्न उनले आग्रह गरिन् । “आवश्यक परे दुई देशको सहमतिमा सीमावर्ती क्षेत्रमा वाल (पर्खाल) लगाउनुपरे वाल, नत्र भने काँडे तारबार पनि लगाइयोस्,” उनले भनिन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार