दार्चुलामा अनुमतिविनै भारतीय लडाकु हेलिकोप्टर आइपुग्यो, नेपाली सेना सडक खन्न व्यस्त

दार्चुला– दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु क्षेत्रको नेपाली आकाशमा भारतीय सैनिक हेलिकोप्टरले अनुमतिविना उडान गरेको खुलेको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार जेठ २७ गते बिहान भारतको इन्डो–टिबटेन बोर्डर पुलिस (आईटीबीपी)का प्रमुख शत्रुजीतसिंह कपूर सवार हेलिकोप्टर छाङरु हुँदै कालापानीतर्फ गएको थियो ।

सशस्त्र प्रहरीबाट जानकारी प्राप्त भएपछि प्रशासनले गृह मन्त्रालयलाई घटनाबारे जानकारी गराएको जनाएको छ ।

प्रशासनका अनुसार उक्त उडानका लागि नेपालसँग कुनै अनुमति लिइएको थिएन ।

घटनाको विस्तृत विवरण सोमबार मन्त्रालयमा पठाइने बताइएको छ ।

नेपाली सेना भने देशका विभिन्न भू–भागमा सडक खनिरहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार