धनगढी: आगामी असार १ गते हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक सुदूरपश्चिम प्रदेश अधिवेशनमा मन्जु भट्टले प्रदेश सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेकी छन्।
राजनीतिक परिवर्तनको अग्रपंक्तिमा रहेर काम गर्ने अठोटका साथ चुनावी मैदानमा उत्रिएकी भट्टले “हाम्रो सहभागिता, हाम्रो परिवर्तन” भन्ने मूल नारालाई आत्मसाथ गर्दै सुदूरपश्चिमको समग्र विकासमा आफ्नो विशेष जोड रहने बताएकी छन्। पार्टी संगठनलाई चलायमान बनाउँदै युवा पुस्ताको सक्रिय सहभागिता सुनिश्चित गर्न आफूले उम्मेदवारी दिएको उहाँको भनाइ छ।
सुशासन, पारदर्शिता र जवाफदेहितालाई आफ्नो राजनीतिक यात्राको मूल मन्त्र मान्ने भट्टले सुदूरपश्चिमलाई समृद्ध बनाउने अभियानमा सम्पूर्ण प्रतिनिधि तथा पार्टी सदस्यहरूसँग सहयोग र समर्थनको याचना गरेकी छन्। पार्टीको जगलाई थप मजबुत पार्न र आगामी दिनमा प्रदेशस्तरीय नेतृत्वमा रही जनताको आवाजलाई प्रभावकारी रूपमा उठाउने उहाँको प्रतिबद्धता छ।
रास्वपाको यो अधिवेशनलाई प्रदेशमा संगठन विस्तार र वैचारिक रूपमा थप सशक्त बन्ने महत्वपूर्ण खुड्किलोका रूपमा हेरिएको छ। भट्टको उम्मेदवारीले युवा नेतृत्व र परिवर्तनको पक्षमा नयाँ आशा थपेको कार्यकर्ताहरूको विश्वास छ।




प्रतिक्रिया दिनुहोस्