रास्वपा प्रदेश सदस्यमा भोज बहादुर महरा (भुपेश) को उम्मेदवारी

भक्तराज जोशी

धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक सदस्य भोज बहादुर महरा (भुपेश) ले आसन्न सुदूरपश्चिम प्रदेश अधिवेशनमा प्रदेश सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

पार्टी स्थापनाकालदेखि नै सक्रिय रहनुभएका महराले हालसम्म प्रदेश सदस्य एवम् सचिवालय सदस्यको जिम्मेवारीमा रहेर पार्टी संगठन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। उहाँले पार्टीको नीति, सिद्धान्त र संगठन सुदृढीकरणमा आफू निरन्तर खटिरहेका छन्।

यही असार १ गते हुने रास्वपा सुदूरपश्चिम प्रदेश अधिवेशनमा आफूलाई अमूल्य मत दिएर विजयी गराउन उहाँले सम्पूर्ण प्रतिनिधि तथा मतदाताहरूमा अपिल गरेका छन्। सुशासन, पारदर्शिता, युवा नेतृत्वको विकास, सशक्त संगठन निर्माण र समावेशितालाई आफ्नो मुख्य प्रतिबद्धताका रूपमा अघि सार्दै उहाँले समृद्ध सुदूरपश्चिमको लक्ष्य पूरा गर्न आफ्नो उम्मेदवारी रहेको उल्लेख गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार