अध्यक्षको दौडमा हिक्मत रावल: बीबीसीको अनुभव र १० जनामा सफल छनोट !

भक्तराज जोशी

धनगढी – बीबीसी नेपाली सेवामा कार्यरत पत्रकार हिक्मत रावल सार्वजनिक सेवा प्रसारक संस्थाको अध्यक्ष पदको अन्तिम १० प्रतिस्पर्धीभित्र पर्न सफल भएका छन्।

नेपाल टेलिभिजन र रेडियो नेपालको एकीकरणपछि गठन भएको सार्वजनिक सेवा प्रसारक संस्थाको अध्यक्ष पदका लागि आवेदन दिएका २८ जना प्रतिस्पर्धीमध्ये कार्ययोजना प्रस्तुतीकरण तथा मूल्याङ्कनका आधारमा तयार गरिएको अन्तिम सूचीमा रावलसहित १० जनाको नाम समावेश गरिएको बताइएको छ ।

रावलले पत्रकारिता क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका छन्। सञ्चार नीति, समाचार व्यवस्थापन, डिजिटल सञ्चार तथा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विषयमा उनको व्यावसायिक अनुभव रहेको छ।

लोकसेवा आयोगले लिने सो परीक्षामा छनोट प्रक्रियासम्बन्धी सूचनाअनुसार अब कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको चरण बाँकी छ। उक्त प्रक्रियापछि अध्यक्ष पदका लागि अन्तिम सिफारिस गरिनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार