मोदी बने भारतमा सबैभन्दा लामो समय शासन गर्ने निर्वाचित प्रधानमन्त्री

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बन्ने रेकर्ड कायम गरेका छन् । २६ मे २०१४ मा प्रधानमन्त्रीको रूपमा शपथ लिएका मोदीले आज (बुधबार) ४ हजार ३९९ दिनको कार्यकाल पूरा गरेका हुन् । यो प्रधानमन्त्रीको रूपमा मोदीको लगातार तेस्रो कार्यकाल हो ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार यसअघि, यो रेकर्ड पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरूको नाममा थियो, जसले ४ हजार ३९८ दिनसम्म यो पद सम्हालेका थिए । 

१५ अगस्ट १९४७ मा भारतको स्वतन्त्रतापछि जवाहरलाल नेहरू प्रधानमन्त्री नियुक्त भएका थिए । उनले १५ अगस्ट १९४७ देखि १३ मे १९५२ सम्म कुल १७३२ दिन प्रधानमन्त्रीको रूपमा सेवा गरे। यसपछि, १९५२ मा पहिलो आम चुनाव भयो । कांग्रेस सत्तामा आयो । संसदीय दलले नेहरूलाई आफ्नो नेताको रूपमा निर्वाचित गर्‍यो। त्यसपछि नेहरूले मे १३, १९५२ देखि मे २७, १९६४ सम्म लगातार कार्यकालको लागि निर्वाचित प्रधानमन्त्रीको रूपमा सेवा गरे। यो कार्यकाल ४३९८ दिनसम्म चल्यो । यसरी, मोदीले सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्रीको रूपमा नेहरूलाई उछिनेका हुन् । 

यस अवसरमा मोदीले इन्स्टाग्राममा एक पोस्ट साझा गरेका छन्, जसमा उनले लेखेका छन्, ‘सार्वजनिक सेवा सुशासनको सबैभन्दा ठूलो परीक्षा हो । नम्रता, समर्पण र भक्तिका साथ निरन्तर काम गर्ने व्यक्तिले मात्र जनताको विश्वास कमाउँछ।’

यसअघि, प्रधानमन्त्री मोदीले आफ्नो नेतृत्वमा रहेको भाजपा सरकारको १२ वर्ष पूरा भएको अवसरमा एउटा पोस्ट पनि पोस्ट गरेका थिए, जसमा उनले लेखेका थिए, ‘राष्ट्र निर्माणको लागि समर्पण र सेवा हाम्रो अमूल्य सम्पत्ति भएको छ। विगत १२ वर्षदेखि ‘सबका साथ, सबका विकासको भावनाबाट प्रेरित निरन्तर प्रयासहरूमार्फत, हामी एक बलियो र आत्मनिर्भर भारततर्फ अघि बढिरहेका छौं।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार