श्रेयसले भारतीय टी–२० टिमको कप्तानी गर्ने, वैवभको सिनियर टिममा स्थान !

काठमाडौं : भारतीय टी–२० क्रिकेट टिमको कप्तानी श्रेयस अय्यरले पाउने चर्चा चलिरहेको छ । क्रिकइन्फोका अनुसार आगामी २०२८ को ओलम्पिक र अष्ट्रेलिया र न्यूजिल्यान्डमा हुने विश्वकपलाई ध्यानमा राखेर श्रेयसलाई राष्ट्रिय टिमको कप्तानी दिन लागिएको बताइएको छ । 

भारतीय क्रिकेट सेलेक्सन कमिटीले श्रेयसलाई टी२० को कप्तानी दिन लागेको बताइएको छ । आयरल्यान्ड र इन्ङ्ल्यान्डको आगामी श्रृंखलाको लागि शनिबार भारतको टी–२० टिमको घोषणा हुँदा यो सूर्यकुमारको लागि सबैभन्दा ठूलो धक्का हुनेछ । ३५ वर्षीय सूर्यकुमारको खराब फर्मका कारण उनलाई टिमबाट बाहिर राखिने सम्भावना प्रवल रहेको छ । सूर्यकुमारले २०२६ को विश्वकपमा पनि राम्रो प्रदर्शन गर्न सकेनन् । २०२६ को आइपीएलमा पनि सूर्यकुमारको ब्याट चलेन । 

३१ वर्षीय श्रेयस अय्यरले आफ्नो कप्तानीको क्षमतामा प्रमाणित गरिसकेका छन् । उनले २०२३ यता भारतको लागि कुनै पनि टी–२० फम्र्याटमा खेलेका छैनन् । किनभने, मध्यक्रममा तिलक बर्मा र सूर्यकुमार यादव टिममा हुँदा उनी टिममा परेका थिएनन् । उनले जनवरीमा भएको न्यूजिल्यान्डसँगको घरेलु श्रृंखलाममा टिममा स्थान बनाएका थिए । तर उनले एक खेल पनि खेल्न पाएनन् । 

यद्यपी, श्रेयसले आफ्नो कप्तानी क्षमता २०२४ को आइपीएलदेखि नै सावित गर्दै आएका छन् । उनले सन् २०२४ मा कोलकाता नाइट राइडर्सलाई आइपीएलको उपाधि जिताएका थिए । २०२० मा दिल्ली र २०२५ मा पन्जाब किंग्सलाई फाइनलसम्म पु¥याएका थिए । उनले आफ्नो व्याक्तिगत प्रदर्शनमा पनि २०२५ मा १७५.०७ को स्ट्राइकरेटसहित ६०४ रन बनाएका थिए । आइपीएल २०२६ मा पनि उनले १६८.८१ को स्ट्राइकरेटले ४९८ रन बनाए । 

यसैबीचमा १५ वर्षीय वैभव सूर्यवंशीले पनि सबैभन्दा कम उमेरमा राष्ट्रिय टिममा डेब्यू गर्ने सम्भावना रहेको बताइएको छ । सचिन तेन्दुलकर पछि उनी भारतीय राष्ट्रिय टिममा स्थान बनाउने सबैभन्दा कम उमेरका खेलाडी बन्ने क्रममा रहेका छन् । उनले २०२६ को आइपीएलमा उत्कृष्ट प्रदर्शनसहित सर्वाधिक रनकर्ता बनेका थिए । र्सुूवंशीले जुन ९ देखि २१मा श्रीलंकामा हुने अफगानिस्तानसँगको त्रिकोणात्मक श्रृंखला खेल्ने छन् । भारतले २६ र २८ जुमा आयरल्यान्डसँग २ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने छ । त्यसपछि जुलाई १ बाट ११ सम्म इङ्ल्यान्डमा ५ खेल सममेलित टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार