सशस्त्र हेडक्वार्टरमा आगलागी घटना : डीआईजीको नेतृत्वमा छानबिन समिति गठन

२१ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बलको हेडक्वार्टरस्थित एमटी शाखा (सवारी शाखा) मा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ ।

सशस्त्र प्रहरी हेडक्वार्टरले सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)को नेतृत्वमा छानबिन समिति गठन गरेको हो । सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी विष्णुप्रसाद भट्टका अनुसार डीआईजी सन्दीप थापाको नेतृत्वमा समिति गठन गरिएको छ ।

‘घटनाबारे छानबिन गर्न हामीले समिति गठन गरेका छौं । समितिले काम सुरु गरिसकेको छ’ प्रवक्ता भट्टले भने । थापा नेतृत्वको समितिलाई हदम्याद तोकिएको छैन । सकेसम्म छिटो छानबिन सक्काएर प्रतिवेदन पेश गर्न भनिएको छ ।

बुधबार राति ८ बजेतिर सशस्त्र हेडर्क्वाटरस्थित सवारी शाखामा आगलागी भएको थियो । आगलागीबाट केही सवारीहरुमा क्षति पुगेको बताइएको छ । बंगलामुखी गणबाट आएको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।

सशस्त्रमा हेडक्वाटर यसअघि पनि आगलागी भएको थियो । त्यस्तै सतंगलस्थित सशस्त्रको स्टोरमा पनि यसअघि आगलागी भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार