डोटी : डोटीको शिखर नगरपालिका-१ घर भएका १६ वर्षीय रविन्द्र शाही १५ दिनदेखि सम्पर्कविहीन भएका छन्। परिवारका अनुसार एसईई परीक्षा दिएपछि रोजगारीका लागि काठमाडौं गएका रविन्द्र अनामनगरस्थित सिलौटो रेस्टुरेन्टमा काम गर्दै आएका थिए । तर, जेठ ५ गतेदेखि उनी परिवार तथा आफन्तको सम्पर्कमा छैनन् ।
रविन्द्रको उचाइ करिब ५ फिट रहेको, वर्ण गहुँगोरो रहेको परिवारले जनाएको छ। परिवारले प्रहरीलाई दिएको जानकारीअनुसार उनको मोबाइल फोनको अन्तिम लोकेसन सिंहदरबार क्षेत्र देखिएको थियो । त्यसयता उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन ।
आफन्तजनले रबिन्द्रलाई कतै देख्नुभए वा उनको बारेमा कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा परिवारलाई तत्काल जानकारी गराइदिन आग्रह गरेका छन्।





प्रतिक्रिया दिनुहोस्