कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिपके भारत फर्कंदै, दिल्लीमा प्रदर्शन गर्ने घोषणा

नयाँ दिल्ली । सामाजिक सञ्जालमा चर्चित बनेको ‘कक्रोच जनता पार्टी’ का संस्थापक अभिजित दिपके भारत फर्किने तयारीमा रहेका छन्। उनले जुन ६ मा भारत पुगेर दिल्लीको जंतर-मंतरमा शान्तिपूर्ण प्रदर्शन सुरु गर्ने घोषणा गरेका छन्।

अभिजित दिपकेले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै आन्दोलन गर्ने बताएका छन्। हाल अमेरिकामा रहेका दिपकेले आफू विमानस्थलमै पक्राउ पर्न सक्ने आशंका समेत व्यक्त गरेका छन्।

कक्रोच जनता पार्टी पछिल्ला साताहरूमा सामाजिक सञ्जालमार्फत तीव्र रूपमा लोकप्रिय बनेको छ। बेरोजगारी, परीक्षा सम्बन्धी विवाद र युवाका समस्यालाई मुद्दा बनाउँदै अभियान चलाइरहेको उक्त समूहले लाखौं समर्थक र हस्ताक्षर संकलन गरेको दाबी गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार