कैलालीमा पिकनिकका क्रममा तनाव: झडप रोक्न पुगेका प्रहरीमाथि पनि हातपात

धनगढी । कैलालीको कैलारी गाउँपालिका–१ स्थित बनदेवी मन्दिर क्षेत्रमा पिकनिक मनाउन गएका दुई समूहबीच भएको विवादले उग्र रूप लिँदा प्रहरीमाथिसमेत आक्रमण भएको छ। घटनामा तीन जना प्रहरीसहित ६ जना घाइते भएका छन्।

जेठ १४ गते भएको उक्त घटनामा दुई समूहबीच सामान्य विवाद सुरु भए पनि पछि कुटाकुटमा परिणत भएको प्रहरीले जनाएको छ। झडपको सूचना पाएपछि इलाका प्रहरी कार्यालय हसुलियाबाट प्रहरी सहायक निरीक्षक साउन सिंह क्षेत्री भाटको नेतृत्वमा चार सदस्यीय टोली घटनास्थल पुगेको थियो।

प्रहरीले झडप नियन्त्रण गर्ने प्रयास गर्दा आक्रोशित समूहले प्रहरीमाथि नै हातपात गरेका थिए। घटनामा प्रहरी सहायक निरीक्षक साउन सिंह क्षेत्री भाट, प्रहरी हवल्दार भवान सिंह बुडाल र प्रहरी सहायक हवल्दार शैलेन्द्र बोहरा घाइते भएका छन्। घाइतेमध्ये शैलेन्द्र बोहराको टाउको, हात र खुट्टामा चोट लागेको छ र उनको धनगढीस्थित अस्पतालमा उपचार भइरहेको छ।

यसैगरी झडपमा स्थानीय गोकर्ण बोहरा, रामचरण चौधरी र नृप बोहरा पनि घाइते भएका छन्। गोकर्ण बोहराको हातखुट्टाको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको बताइएको छ भने अन्य घाइतेहरूको अवस्था सामान्य रहेको छ।

प्रहरीका अनुसार प्रारम्भिक टोलीले अवस्था नियन्त्रण गर्न नसकेपछि इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी निरीक्षक सुनिल विक्रम शाहको नेतृत्वमा थप १२ जना प्रहरी परिचालन गरिएको थियो। थप सुरक्षाकर्मी पुगेपछि मात्र स्थिति नियन्त्रणमा आएको जनाइएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्वरुप कठरिया, दिलिप कठरिया र अरमान कठरियालाई पक्राउ गरेको छ। साथै घटनास्थलमा रहेको एउटा ट्र्याक्टर पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार