बेहडाबाबा मेलामा अश्लील नृत्य देखिएपछि आलोचना

धनगढी —धनगढीको वडा–१६ रामपुरस्थित बेहडाबाबा मन्दिर मा आयोजित गङ्गादशहरा मेलामा अश्लील नृत्य देखाइएको भन्दै तीव्र विवाद उत्पन्न भएको छ। जेठ १२ गतेदेखि सुरु भएको मेलामा आइटम डान्सरहरूलाई बोलाएर रातभर अश्लील गीतमा नृत्य गराइएको आरोप लागेको छ।

स्थानीयका अनुसार मन्दिर परिसरमै भोजपुरी र छाडा गीतहरू बजाउँदै युवतीहरूद्वारा अर्धनग्न नृत्य प्रस्तुत गरिएको थियो। जेठ १५ गतेसम्म सञ्चालन हुने भनिएको मेलामा रातभर डिजेमा अश्लील गीत बजाइएकाले धार्मिक मर्यादा उल्लङ्घन भएको भन्दै आलोचना बढेको छ।

मेलामा बुटवलबाट नर्तकीहरूको टोली ल्याइएको बताइएको छ। मन्दिर व्यवस्थापन समितिले मनोरञ्जनका लागि कार्यक्रम राखिए पनि अश्लील गतिविधि रोक्न नसकिएको स्वीकार गरेको छ। समितिका अध्यक्ष खेमबहादुर चन्दका अनुसार ठेक्का सम्झौतामा अश्लील नृत्य निषेध गरिएको भए पनि ठेकेदारले सहमति विपरीत काम गरेको हो।

स्थानीय तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले धार्मिक स्थलमा यस्तो गतिविधि हुनु लाजमर्दो भन्दै कडा आपत्ति जनाएका छन्। उनीहरूले आयोजक समितिको लापरबाही र जिम्मेवारीहीनतामाथि प्रश्न उठाएका छन्।

यस्तै, सामाजिक सञ्जालमा पनि घटनाबारे तीव्र प्रतिक्रिया आएको छ। धेरैले धार्मिक मञ्चलाई मनोरञ्जनका नाममा विकृत बनाइएको भन्दै कडा आलोचना गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार