‘प्रेमी नबोलाए हाम फाल्छु’ भन्दै किशोरी टावरको टुप्पोमा

रुपन्देही । बाँकेकी डुडुवामा एक युवतीले आफूले मन पराएको प्रेमीलाई बोलाइदिनुपर्ने भन्दै त्यहाँ रहेको ठूलो मोबाइलको टावरमा चढेर आफन्त र स्थानीयलाई आश्चर्यमा पारिन् ।

बाँकेको डुडुवा गाउँपालिका- २ जाफरपुरवामा स्थानीय १८ वर्षीय ती युवतीले ‘मेरो प्रेमीलाई बोलाइदेऊ भन्दै मोबाइल टावरमा चढिन्, प्रेमीले बोलाएपछि मात्रै तल झर्ने अडान राखेपछि आफन्त र स्थानीयलाई समस्या परेको थियो ।

‘किशोरी मोबाइल टावरमा चढेपछि तनावपूर्ण अवस्था सिर्जना भएको हो, आफन्त र स्थानीयले तल झराउन धेरै आग्रह गरेर नमानेपछि प्रहरीलाई बोलाएर झार्नुपरेको हो, बिहानभर टावरमा बसेकी उनलाई प्रहरी आएर झारेर लगेको हो’ स्थानीय राकेश शर्माले बताए । ती किशोरीले आफ्नो प्रेमीलाई घटनास्थलमा बोलाएपछि मात्रै तल झर्ने अडान लिएको सूचना पाएपछि प्रहरीको टोली त्यहाँ पुगेर उनलाई झारेको थियो ।

घटनापछि स्थानीयवासी, अभिभावक तथा प्रहरी टोली सो स्थानमा पुगेर किशोरीलाई सुरक्षित रूपमा तल झार्ने प्रयास गरेका थिए तर उनले नमानेपछि प्रहरी नै पुगेर झारेको हो । टावरमाथि चढेकी किशोरीलाई सम्झाई बुझाइ झारिएको र अहिले अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी जीवराज थापाले जनाए ।

‘स्थानीयको आग्रहपछि पुगेको हाम्रो टोलीले झारेको हो । अहिले उपचारमा पठाइएको छ । प्रेमीलाई बोलाएपछि मात्रै झर्ने भनेर टावरमा चढेकी रहिछन्, हामीले अरू विषय जान्ने कुरा भएन, उनको अवस्था हेरेर अस्पतालमा लगेर राखेका छौँ’ उनले भने । ती युवतीले स्थानीयसँग प्रेमीले बेवास्ता गरेपछि जस्तोसुकै आन्दोलन गर्ने सुनाएकी थिइन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार