सिंहदरबारमा ४ घण्टा बैठक: प्रधानमन्त्री शाह, लामिछाने र वाग्लेबीच गहन वार्ता

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका विषयमा प्रधानमन्त्री बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबिच छलफल भएको छ । मंगलबार बेलुका सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबिच झन्डै ४ घण्टाभन्दा बढी समय बजेटका विषयमा केन्द्रित रहेर कुराकानी भएको हो ।

स्रोतका अनुसार प्रधानमन्त्री शाह, सभापति लामिछाने र अर्थमन्त्री डा. वाग्लेबिच आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता र सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई कसरी प्रभावकारी रूपमा अगाडि बढाउने भन्ने विषयमा केन्द्रित रहेर विस्तृत छलफल भएको थियो ।


प्रधानमन्त्री बालेन शाह दिनभर अन्य राजनीतिक तथा प्रशासनिक भेटघाटमा व्यस्त रहेपछि कार्यालय समयपश्चात् अर्थमन्त्री र रास्वपा सभापतिसँग संवादमा जुटेका हुन् । बालेन नेतृत्वको सरकारले ल्याउन लागेको यो पहिलो बजेट भएकाले भेटवार्तालाई विशेष चासोका साथ हेरिएको छ ।


अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट रूपान्तरणकारी हुने बताउँदै आएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार