रास्वपालाई ऐन महरको प्रश्नः बालेनलाई खोपीको देउता बनाउँदै घण्टी बजाएर पूजा गर्ने हो ?

काठमाण्डू– एमाले प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संसदनलाई हेपेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा बैठकमा मंगलबार महरले दुई तिहाईको प्रधानमन्त्री संसदसँग किन डराइरहेका छन् भन्ने प्रश्न गरे । बारम्बार संसदलाई अपमान गर्दै आएका प्रधानमन्त्रीलाई उनको दल रास्वपाले खोजीको देउता बनाउन चाहेको आरोप लगाए ।


प्रतिनिधिसभा नियमावलीको ६५ (१) ले प्रधानमन्त्री हरेक महिनाको पहिलो साता प्रश्नोत्तरमा सहभागी हुनुपर्ने व्यवस्था रहेकोबारे सम्झाए ।

महरले प्रतिनिधिसभाको आकस्मिक, विशेष र शून्य समयमा सत्तापक्ष र विपक्षी दलका सांसदले उठाएका राष्ट्रिय महत्वका गम्भीर प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनैपर्ने उल्लेख गरे ।

संविधान र प्रतिनिधिसभा नियमावलीको कार्यान्यवन गर्न सांसदले उठाएका सीमा सुरक्षा, राष्ट्रिय सुरक्षा, विपद व्यवस्थापन गर्न तथा संविधान र संसदप्रति उत्तरदायी बनाउन प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्नुपर्ने बताए ।


सत्तारुढ रास्वपालाई प्रधानमन्त्रीलाई खोपीको देउता नबनाउन उनले आग्रह गरे ।

महरले लोकतन्त्रको ठाउँमा बालेनतन्त्र स्थापना गर्न खोजिएको आरोपसमेत लगाए ।

‘प्रधानमन्त्री किन यो ढंगले सदनलाई ‘इरेस्पोन्स’ गर्न खोजिरहनुभएको छ ? खोपीको देउता बन्दै हनुुहुन्छ ? म सत्तापक्षलाई सोध्न चाहन्छु के प्रधानमन्त्री बालेन्द्र शहलाई खोपीको देउता बनाउँदै घण्टी बजाएर पूजा गर्ने हो ?’, महरले प्रश्न गरे, ‘ कि लोकतन्त्रको चीरहरण गरेर बालेनतन्त्र स्थापना गर्न खोजिएको हो ? संविधानको चीरहरण गरेर कुनै बालेनतन्त्र स्थापना गर्न खोजिएको हो ? आज यी प्रश्नहरु गम्भीर रुपमा उठिरहेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा आएर नेपाली जनताका यी गम्भीर प्रश्नको जवाफ दिनुपर्छ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार