सीमा क्षेत्रमा कडाइ, भन्सार छलीका सामान बरामद भए कैलाली–कञ्चनपुरमा

कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका लाखौँ रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

कैलालीतर्फ धनगढी उपमहानगरपालिका–२ डोके बजार, भजनी नगरपालिका–३ काँडा र वडा नम्बर ५ हलौना घाट क्षेत्रबाट करिब १ लाख ६ हजार ५२० रुपैयाँ बराबरका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बरामद गरिएका सामग्रीमा चिनी, गुड, पेय पदार्थ, खाने तेल, पान मसला, बिडी, मैदा, जिरा र साबुन लगायतका सामग्री रहेका छन्।

प्रहरीका अनुसार ती सामान गस्तीका क्रममा बेवारिसे अवस्थामा फेला परेका थिए। आवश्यक प्रक्रिया पूरा गरी सामान नियन्त्रणमा लिइएको छ।

यसैगरी, कञ्चनपुरतर्फ भीमदत्त नगरपालिका–४ र ६ नम्बर वडाबाट करिब ४ लाख ४९ हजार ९ सय रुपैयाँ बराबरका सामान बरामद गरिएको छ। बरामद सामग्रीमा जुत्ता, पेचकिला, धार्मिक सामग्री र एक थान मोटरसाइकल समेत रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालयमा बुझाएको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार