कैलालीको गोदावरी नगरपालिकामा गाईगोरु बाँध्ने गोठमा आगलागी हुँदा लाखौँ बराबरको क्षति भएको छ।
गोदावरी नगरपालिका–९ बल्मी निवासी लक्ष्मीदेवी जोशीको गोठमा सोमबार दिउँसो अचानक आगलागी भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। आगलागीबाट गोठ पूर्ण रूपमा जलेको छ भने भित्र राखिएका काठ, भुसा, पराल लगायतका सामग्री पनि नष्ट भएका छन्।
प्रहरीका अनुसार आगलागीबाट करिब १ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको अनुमान गरिएको छ। घटनामा कुनै मानवीय तथा चौपाया क्षति भने नभएको जनाइएको छ।
स्थानीयवासी, प्रहरी र दमकलको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको छ।




प्रतिक्रिया दिनुहोस्