धनगढी विमानस्थलको सुरक्षा नेतृत्वमा राजेन्द्र बम

धनगढी विमानस्थलको सुरक्षा नेतृत्वमा परिवर्तन गरिएको छ। वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) मानबहादुर बिष्ट अनिवार्य अवकाशमा गएपछि उनको स्थानमा वरिष्ठ सई राजेन्द्र बमलाई खटाइएको हो।

नयाँ जिम्मेवारीसहित विमानस्थल सुरक्षा प्रमुखको भूमिका सम्हालेका बम यसअघि जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत थिए। जिल्ला प्रहरी कार्यालयमा रहँदा उनले सुरक्षा व्यवस्थापन, प्रशासनिक समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सक्रिय भूमिका खेलेका थिए।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार विमानस्थलको सुरक्षा व्यवस्थापनलाई थप व्यवस्थित, चुस्त र प्रभावकारी बनाउने उद्देश्यले अनुभवी अधिकृतका रूपमा बमलाई उक्त जिम्मेवारी दिइएको हो।

उता, लामो समयदेखि धनगढी विमानस्थलमा कार्यरत वरिष्ठ सई मानबहादुर बिष्ट भने अनिवार्य अवकाशमा गएका छन्। उनले आफ्नो कार्यकालमा विमानस्थलको सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार