गंगादशहरा मेलामा निसर्ग हस्पिटलको निःशुल्क स्वास्थ्य सेवा, भण्डाराका लागि ५० हजार बराबरको सहयोग

धनगढी । धनगढी उपमहानगरपालिका–१६ मा रहेको सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक आस्थाको केन्द्र बेहेडाबाबा धाममा आयोजना हुने गंगादशहरा मेलालाई लक्षित गर्दै निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले निःशुल्क स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको छ ।

मेलामा सहभागी हुने लाखौं श्रद्धालु भक्तजन तथा टाढाटाढाबाट आउने दर्शनार्थीहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै हस्पिटलले मन्दिर परिसरमै मेडिकल इमर्जेन्सी सेवा सञ्चालन गर्नुका साथै स्वास्थ्य सहायता स्टलको व्यवस्था गर्न लागेको जनाएको छ

गंगादशहरा मेलामा अत्यधिक भीडभाड हुने तथा भारतका विभिन्न जिल्लाबाट समेत ठूलो संख्यामा दर्शनार्थी आउने भएकाले आकस्मिक स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै निसर्ग हस्पिटलले आवश्यक स्वास्थ्यकर्मी, प्राथमिक उपचार सामग्री र आपत्कालीन सेवा उपलब्ध गराउने तयारी गरेको हो ।

यसैबीच, मेलाको भण्डारा व्यवस्थापनका लागि निसर्ग हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले आज ५० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री बेहेडाबाबा धाम कार्यसमितिलाई हस्तान्तरण गरेका छन् ।

बेहेडाबाबा धाममा प्रत्येक वर्ष झैँ यस वर्ष पनि जेठ १२ गतेदेखि गंगादशहरा मेलाको आयोजना हुँदैछ । धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको उक्त मेलामा नेपाल तथा भारतबाट ठूलो संख्यामा श्रद्धालु भक्तजन सहभागी हुने गर्दछन् ।

धार्मिक आस्था, सामाजिक उत्तरदायित्व र सेवाभावलाई सँगसँगै अघि बढाउने उद्देश्यसहित निसर्ग हस्पिटलले बेहेडाबाबा धाम कार्यसमितिसँग सहकार्य गर्दै गंगादशहरा मेलालाई भव्य, सभ्य र सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्ने जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार