अत्यधिक गर्मीले कञ्चनपुरका दुई पालिकामा एक साताका लागि विद्यालय बन्द

धनगढी — अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका भीमदत्त नगरपालिका र कृष्णपुर नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा निजी विद्यालयमा बिदा घोषणा गरेका छन्। विद्यार्थीहरूको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै दुवै पालिकाले विद्यालय बन्द गर्ने निर्णय लिएका हुन्।

नगरपालिकाहरूले आइतबार जारी गरेको सूचनाअनुसार जेठ १३ गतेसम्म विद्यालयमा स्थानीय बिदा रहनेछ। लगातार बढ्दो तापक्रमका कारण विद्यार्थीलाई विद्यालय आउजाउ तथा कक्षाकोठामा बस्न कठिनाइ हुन थालेपछि यस्तो निर्णय गरिएको जनाइएको छ।

यसबीच जेठ १४ गते पर्ने बकर इद र जेठ १५ गतेको गणतन्त्र दिवसका कारण सार्वजनिक बिदा पनि परेको छ। त्यसलगत्तै शनिबार र आइतबारसमेत जोडिएकाले विद्यालयहरूमा लगातार एक सातासम्म पठनपाठन प्रभावित हुने भएको छ।

कृष्णपुर नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीका अनुसार गर्मी बिदाबाट समायोजन हुने गरी तीन दिन स्थानीय बिदा दिइएको हो। स्थानीय तहले मौसमको अवस्था सामान्य भएपछि मात्रै विद्यालय सञ्चालनबारे थप निर्णय गरिने बताएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार