नवजीवन सहकारीमा यसकारण चर्चामा छन् सदस्य पदका उम्मेदवार जयराज जोशी

कैलाली – नवजीवन सहकारी संस्था लिमिटेडको भोलि हुन गइरहेको ३२ औँ साधारण चुनावी सभाको सरगर्मी ह्वात्तै बढेको छ। यसै क्रममा संस्थाको आगामी नेतृत्वका लागि गोपाल राज पाठकको समूहबाट सञ्चालक समिति सदस्य पदमा जयराज जोशी (क) ले आफ्नो बलियो उम्मेदवारी प्रस्तुत गरेका छन्। चुनावी मैदानमा क्र.सं. १० का साथ उत्रिएका जोशी सहकारी र सामाजिक क्षेत्रका एक परिपक्व एवं स्थापित व्यक्तित्व हुन्।

जोशीसँग नवजीवन सहकारी संस्था लिमिटेडमै यसअघि लगातार दुई कार्यकाल सञ्चालक समिति सदस्यका रूपमा सफलतापूर्वक काम गरिसकेको उच्च र प्रत्यक्ष अनुभव छ। संस्थाको आन्तरिक प्रणाली, नीति र सेयर सदस्यहरूका भावनालाई निकटबाट बुझेका जोशीको उम्मेदवारीलाई आम सेयर सदस्यहरूले निकै महत्त्वका साथ हेरेका छन्।

सहकारी र व्यावसायिक क्षेत्रमा लामो अनुभव

सहकारी अभियानलाई उचाइमा पुर्‍याउन उनको योगदान उल्लेखनीय रहँदै आएको छ। उनी हिमशिखर सहकारी संस्था लिमिटेडको पूर्व अध्यक्ष समेत भइसकेका छन्। सहकारी क्षेत्र मात्र नभई निजी एवं व्यावसायिक क्षेत्रको विकासमा पनि जोशीको बलियो दख्खल छ। उनी उद्योग वाणिज्य सङ्घ कैलालीको पूर्व सचिव जस्तो गरिमामय पदमा रहेर व्यावसायिक हकहितका लागि नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका व्यक्ति हुन्।

यसबाहेक क्षेत्रका अन्य थुप्रै सामाजिक एवं व्यावसायिक सङ्घ–संस्थाहरूमा आबद्ध रहेर उनले आफ्नो कुशल संगठनात्मक र व्यवस्थापकीय क्षमता प्रमाणित गरिसकेका छन्।

‘अनुभवी नेतृत्व नै आजको आवश्यकता’

लामो समयदेखि संस्थाको हित र विकासमा अहोरात्र खटिएका जोशीले भोलि हुने ३२ औँ साधारण सभामा आम मतदाता तथा सेयर सदस्यहरूलाई आफ्नो अमूल्य मत दिई विजयी गराउन अपिल गरेका छन्। संस्थामा अनुभवी, निष्कलङ्क र गतिशील नेतृत्व पुग्दा मात्रै नवजीवन सहकारीले आगामी दिनमा थप नयाँ उचाइ लिने र सेयर सदस्यहरूको बचत सुरक्षित हुनुका साथै संस्थागत पारदर्शीता कायम रहने विश्वास मतदाताहरूले व्यक्त गरेका छन्।

अध्यक्ष पदका उम्मेदवार गोपाल राज पाठकको प्यानलबाट क्र.सं. १० मा चुनावी मैदानमा रहेका जोशीको पक्षमा सेयर सदस्यहरूको उत्साहजनक समर्थन र माहोल देखिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार