गुण्डुमा एमाले बैठक जारी, नेताहरूको कार्य विभाजन टुंग्याउने तयारी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ । अध्यक्ष केपी ओलीको भक्तपुरको गुण्डुस्थित निजी निवासमा अहिले बैठक बसिरहेको छ ।

बैठकले नेताहरूको कार्यविभाजन टुङ्ग्याउने तयारी रहेको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताए । मंसिरमा ११औँ महाधिवेशन सम्पन्न भएको भएपनि अहिलेसम्म निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन बाँकी छ।

४ दिनअघि बसेको बैठकमा नेताहरूको कार्यविभाजन प्रस्ताव गरिएको छ । त्यसलाई आज अन्तिम रूप तयारी छ । प्रस्तावित कार्यविभाजनले पार्टीभित्र केही असन्तुष्टि सुनिएको भएपनि पेलेरै टुङ्ग्याउने रणनीतिमा अध्यक्ष ओली रहेको बताइन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार