दौडका क्रममा सशस्त्रका ७ जवान बेहोस, उपचारका लागि काठमाडौं लगिँदै

कैलाली- सशस्त्र प्रहरी बल उग्रतारा गण, भन्सार राजस्व तथा औद्योगिक तालिम केन्द्र टीकापुरमा नियमित दौडका क्रममा सातजना जवान बेहोस भएका छन् ।

शुक्रबार बिहान ६ बजे नियमित दौडका क्रममा बेहोस भएका सातैजनालाई उपचारका लागि टीकापुर अस्पतालमा लगिएको थियो ।

‘हिट स्ट्रोक’ का कारण उनीहरूको अवस्था गम्भीर बनेपछि थप उपचारका लागि काठमाडौं पठाइँदैछ। उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरले काठमाडौं लगिँदैछ ।

कैलालीसहित तराई-मधेशका जिल्लामा अत्यधिक गर्मी छ । तापक्रम बढेर ४० डिग्री सेल्सियससम्म पुग्ने गरेपछि तराईका जिल्लाको जनजीव नराम्रोसँग प्रभावित भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार