बाध्यकारी गठबन्धन गर्दै तीन पुराना ठूला दल

काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावबाट राम्रैसँग खुम्चिएका तीन विपक्षी दल यतिबेला कार्यगत एकतातिर मोडिँदै छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको गुन्डुस्थित निवासमा भेटघाट र छलफल गर्न नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका शीर्षस्थ नेता पुग्ने गरेका छन् ।

कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक र एमालेका अध्यक्ष ओली नेताबीच चरणबद्ध छलफल हुँदै छन् ।

तीन दलबीच घनीभूत छलफल

लोकतन्त्र पक्षधर एक ठाउँमा आउनुपर्छ भन्ने तीनै दलको मुख्य एजेन्डा बनेको छ । तीन दलको छलफलपछि मधेश प्रदेशका मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवलाई सघाउने तयारी एमालेले गरेको छ । 

मधेश प्रदेश सरकारबाट यसअघि बाहिरिएको एमालेले अन्ततः मुख्यमन्त्री यादवलाई सघाउने भएको हो ।

मधेशको समीकरणबारेमा गुन्डुमा छलफल भएको थियो । कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले एमाले अध्यक्ष ओलीलाई भेटेरै मधेशको सत्ता समीकरणमा सघाउन प्रस्ताव राखेका थिए ।

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज गते विश्वासको मत लिँदैछन् ।

एमालेका एक उच्च पदाधिकारीले भने, “यो एउटा मुख्यमन्त्री, मन्त्रीको कुरा होइन । सबै एक ठाउँमा आउनुपर्छ भन्ने हाम्रो भनाइ हो । त्यो पनि विशेषगरी नेकपासँग एकता गर्नुपर्छ भन्ने हाम्रो बुझाइ हो ।”

त्यसका लागि ‘वान टु वान’ भेट र छलफल भइरहेको उनको भनाइ छ । 

नेपाली कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाश ज्वालाले तत्काल पार्टी एकताको सम्भावना नरहे पनि कार्यगत एकताका लागि तीनै दल तत्पर रहेको बताए ।

उनले बाह्रखरीसित भने, “कार्यगत एकता, सहकार्य वामपन्थीहरूबीच, संविधान पक्षधर शक्तिहरूको बीच, १२ बुँदे समझदारीका सरोकारवालाबीच, गणतन्त्र आन्दोलनका सहयात्रीका बीचमा त हुन्छ नै ।”
त्यसमा पनि वामपन्थीबीच कार्यगत एकता र सहकार्य हुने कुरा नेकपाको नीतिभित्रकै कुरा भएको उनले बताए ।

उता नेपाली कांग्रेसका प्रवक्ता देवराज घिमिरेले भने, “एकल सरकार कसैको बन्दैन, दुई वा दुईभन्दा बढी दलहरू चाहियो । सम्बन्धित सरोकारवालाबीचमा छलफल र वार्ता हुनुपर्ने स्वाभाविक हो ।”

प्रदेश समीकरणका विषयमा निर्णय भइनसकेको र छलफल जारी रहेको उनले बताए । विपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि मिलाएर लैजाने तीन दलको तयारी छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार