देशभर सार्वजनिक सवारीसाधन दर्तामा रोक, इलेक्ट्रिक गाडी पनि दर्ता नहुने

काठमाडौं- सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधन दर्तामा अस्थायी रोक लगाएको छ। बढ्दो वायु प्रदूषण, सवारी चाप, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थित सञ्चालनलाई नियन्त्रण गर्ने उद्देश्यसहित यस्तो निर्णय गरिएको हो।

यातायात व्यवस्था विभाग ले बिहीबार सातै प्रदेशका सम्बन्धित मन्त्रालय तथा स्थानीय तहलाई परिपत्र गर्दै इलेक्ट्रिकसहित सबै प्रकारका नयाँ सार्वजनिक सवारी साधन दर्ता नगर्न निर्देशन दिएको जनाएको छ।

विभागका अनुसार सार्वजनिक यातायात प्रणाली वैज्ञानिक र व्यवस्थित हुन नसक्दा दैनिक आवागमन थप कठिन बन्दै गएको छ। सडकमा बढ्दो सवारी चाप, इन्धन मूल्यवृद्धि र प्रदूषणको असरलाई मध्यनजर गर्दै तत्कालका लागि दर्ता रोक्ने निर्णय गरिएको विभागको भनाइ छ।

विभागले ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ को उपदफा (३) अनुसार सार्वजनिक हित, वातावरण संरक्षण तथा सडक व्यवस्थापनका आधारमा सवारी दर्ता नियन्त्रण गर्न सकिने कानुनी व्यवस्था रहेको उल्लेख गरेको छ।

सरकारले सार्वजनिक यातायातको दीर्घकालीन व्यवस्थापन र सुधारको योजना तयार नहुन्जेलसम्म यो निर्णय कायम रहने जनाएको छ। निर्णयसँगै अब अर्को सूचना जारी नभएसम्म देशभर कुनै पनि नयाँ सार्वजनिक सवारी साधन दर्ता हुने छैन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार