एमाले पदाधिकारीको वरीयता सार्वजनिक, कसको कहाँ स्थान ?

नेकपा एमालेका पदाधिकारीहरूको वरीयता निर्धारण प्रस्ताव अगाडि बढाइएको छ । गत सोमबार बसेको एमालेकाे सचिवालय बैठकमा पदाधिकारीहरूको वरीयता सम्बन्धी प्रस्ताव पनि राखिएको छ ।

प्रस्तावअनुसार पहिलो उपाध्यक्षमा रामबहादुर थापा छन् भने पहिलो सचिव छविलाल विश्वकर्मा छन् ।

यस्तै, तीन उपमहासचिवमा पहिलाे स्थानमा लेखराज भट्ट, दाेस्राे स्थानमा रघुवीर महासेठ र योगेश भट्टराईलाई तेस्रो वरीयतामा राखिएको छ । महेश बस्नेतलाई ९ जना सचिवमध्ये नवौं स्थानमा राखिएको छ ।

यस्ताे छ प्रस्तावित वरीयता:

अध्यक्ष: केपी शर्मा ओली

उपाध्यक्ष: रामबहादुर थापा

उपाध्यक्ष: विष्णुप्रसाद पौडेल

उपाध्यक्ष: पृथ्वीसुब्बा गुरुङ

उपाध्यक्ष: गोकर्ण बिष्ट

उपाध्यक्ष: रघुजी पन्त

महासचिव: शंकर पोखरेल

उपमहासचिव: लेखराज भट्ट

उपमहासचिव: रघुबीर महासेठ

उपमहासचिव: योगेश भट्टराई

सचिव: छविलाल विश्वकर्मा

सचिव: पद्या अर्याल

सचिव: खगराज अधिकारी

सचिव: भानुभक्त ढकाल

सचिव: यामलाल कँडेल

सचिव: शेरधन राई

सचिव: राजन भट्टराई

सचिव: हिक्मत कार्की

सचिव: महेश बस्नेत

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार