६ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन शाह संसदप्रति जिम्मेवार र उत्तरदायी नहुञ्जेलसम्म संसदमा आफ्नो पार्टीको विरोध जारी रहने बताएका छन् ।
बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारको गृहमन्त्री समेत प्रधानमन्त्री स्वयं भएको उल्लेख गर्दै मन्त्रालयसँग सम्बन्धीत प्रश्नहरुको जवाफ दिए
गृह मन्त्रालयमाथि सुकुमवासी बस्ती खाली गराए लगायतका विषयमा प्रश्न उठेको भन्दै त्यसको जवाफ संसदमा दिनुपर्ने बताए ।
‘हामी विरोध गरिरहन्छौं, पाँचै वर्ष गर्छौं । यदि सरकारको आलोचना गर्दैमा र संसद्प्रति उत्तरदायी बनाउने कुरा आएकै आधारमा निलम्बन गरिन्छ भने पनि हामी रेडी छौं,’ उनले भने ।
उनले सरकारको आलोचना गरेकै आधारमा निलम्बन गरिन्छ भनेपनि आफूहरु तयार रहेको बताए ।




प्रतिक्रिया दिनुहोस्