विक्रम तिमल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण गर्ने कुनै मनसाय नरहेको स्पष्ट पारेका छन्। प्रतिनिधिसभाका विभिन्न बैठकमा सांसदहरूले आफ्नो मन्त्रालयसँग सम्बन्धित उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री डा. तिमल्सिनाले सरकार पूर्ण रूपमा प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका हुन्।
मन्त्री तिमल्सिनाले भने, ‘प्रेस स्वतन्त्रताको अधिकार संविधान दिएको हो । आज भोलि र पर्सी कसैले यो अधिकार कुष्ठित गर्न सक्दैन तर प्रेस स्वतन्त्रता स्वछन्दता भने हुँदैन । प्रेसले आफ्नो गरिमा र सीमालाई कायम राख्न सक्नुपर्छ । प्रेसले आफ्नो गरिमा र सीमालाई कायम गर्दा सरकारले चाहेर केही गर्न सक्दैन । त्यसकारण गरिमा र सीमालाई ख्याल गरेर ढुक्क भएर काम गर्न म पत्रकारिता जगतलाई आग्रह गर्दछु ।’
विक्रम तिमल्सिनाले प्रेस काउन्सिल नेपाल र चलचित्र सेन्सर बोर्डलाई थप सक्षम र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। साथै, उनले सरकारको नीति तथा कार्यक्रम तथा बजेटका प्राथमिकतासम्बन्धी विषयमा आफ्नो मन्त्रालयसँग जोडिएका सुझाव र प्रश्नहरूलाई गम्भीरतापूर्वक मनन् गरिने विश्वास दिलाए।




प्रतिक्रिया दिनुहोस्