धनगढी । धनगढीको शैक्षिक क्षेत्रमा छोटो समयमै छुट्टै पहिचान बनाउन सफल डिस्कभरी माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट नतिजा हासिल गरेको छ । विद्यालयले यस वर्ष ९२ प्रतिशत नतिजा ल्याउँदै आफ्नो शैक्षिक उत्कृष्टतालाई पुनः स्थापित गरेको हो ।
विद्यालयका विद्यार्थी अनुपराज गिरीले ४ जीपीए प्राप्त गर्दै विद्यालयको गौरव बढाएका छन् । यस्तै, ३.६ देखि ४ जीपीएसम्म ११ जना विद्यार्थी सफल भएका छन् भने ३.२ देखि ३.६ जीपीएसम्म २० जना, २.८ देखि ३.२ जीपीएसम्म १६ जना तथा २.४ देखि २.८ जीपीएसम्म १ जना विद्यार्थी उत्तीर्ण भएको विद्यालयले जनाएको छ ।
पछिल्ला वर्षहरूमा पनि उत्कृष्ट तथा शतप्रतिशत नतिजा निकाल्दै आएको डिस्कभरी माध्यमिक विद्यालयले यस वर्षसमेत उल्लेखनीय उपलब्धि हासिल गर्दै धनगढीको शैक्षिक क्षेत्रमा आफ्नो सशक्त उपस्थिति कायम राख्न सफल भएको छ ।
विद्यालय प्रशासनका अनुसार विद्यार्थीहरूको निरन्तर मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको सहयोगका कारण यस्तो सफलता सम्भव भएको हो । विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै अझ उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
विद्यालयको नतिजापछि विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायमा उत्साह छाएको छ भने विद्यालयप्रति विश्वास अझ मजबुत बनेको प्रतिक्रिया आउने गरेको छ ।




प्रतिक्रिया दिनुहोस्