हर्क साम्पाङको प्रश्न– जनता सरकारसँग डराएर बाँच्नुपर्ने हो ?

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जनता सरकारसँग डराएर बाच्नुपर्ने हो भन्ने प्रश्न गरेका छन् । मंगलबारको प्रतिनिधिसभामा बैठकमा बोल्दै उनले सरकारले सीमा रक्षा गर्न नसकेको विषयमा पनि प्रश्न उठाए । 

‘जनता सरकारसँग डराएर बाँच्नुपर्ने हो ? जनताको जिउधनको रक्षा गर्न नसक्ने सीमा रक्षा गर्न नसक्ने सरकारलाई कसरी सफल सरकार भन्न सकिन्छ ? सीमावर्ती क्षेत्रमा छिमेकी मुलुकले गरिरहेको निर्माण कार्यलाई सोधेर गरिररहेको हो वा आफूखुसी गरिरहेको हो ?,’ उनले भने, ‘उदाहरणका लागि महाकालीपारिपट्टि तटमा भइरहेको निर्माणलाई हेर्न सक्छौँ । सरकार पनि मुकदर्शक भएरहेको छ, यसको उत्तर सदनलाई अथवा पत्रकार सम्मेलन गरेर जनतालाई जानकारी दिएको राम्रो ।’

उनले संसदमा सांसदहरूको उपस्थिति कम रहको विषयमा पनि प्रश्न उठाए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार