सीमित स्रोत, शानदार नतिजा : भानु माविले तोड्यो सरकारी विद्यालयप्रतिको धारणा

भक्तराज जोशी

धनगढी :– “सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा हुँदैन” भन्ने पुरानो धारणा कैलालीको धनगढी-१७ पथरीस्थित श्री भानु माध्यमिक विद्यालयले यस वर्षको एसईई नतिजामार्फत चुनौती दिएको छ । सीमित स्रोतसाधन, न्यून भौतिक पूर्वाधार र अनेक चुनौतीबीच विद्यालयले हासिल गरेको उत्कृष्ट नतिजाले धेरैलाई आश्चर्यचकित बनाएको छ ।

यस वर्षको एसईई परीक्षामा विद्यालयकी छात्रा गरिमा जोशीले ३.४७ जीपीए ल्याउँदै उत्कृष्ट प्रदर्शन गरेकी छन् । अन्य विद्यार्थीहरूले पनि ३.४० देखि २.३७ जीपीएसम्मको नतिजा ल्याउँदै विद्यालयको समग्र प्रदर्शनलाई सन्तोषजनक बनाएका छन् ।

निजी विद्यालयसँग निरन्तर तुलना हुँदै आएका सरकारी विद्यालयहरूका लागि भानु माविको उपलब्धि एउटा उदाहरणीय सफलता बनेको छ । विद्यालय प्रशासनका अनुसार शिक्षकहरूको निरन्तर मेहनत, विद्यार्थीहरूको लगनशीलता र अभिभावकको साथ-सहयोगले यस्तो नतिजा सम्भव भएको हो ।

विद्यालयका शिक्षक कृष्ण प्रसाद भट्ट भन्छन्, “हामीसँग निजी विद्यालयजस्तो सुविधा छैन, तर शिक्षक र विद्यार्थीको समर्पणले आज यो उपलब्धि सम्भव भएको हो ।”

विद्यालयको सफलताप्रति स्थानीयवासीसमेत उत्साहित छन् । उनीहरूका अनुसार यो केवल परीक्षा नतिजा होइन, सरकारी विद्यालयले पनि गुणस्तरीय शिक्षा दिन सक्छन् भन्ने प्रमाण हो ।

भानु माविको यो सफलताले अन्य सरकारी विद्यालयलाई समेत प्रेरणा दिएको छ । सीमित स्रोतबीच पनि इच्छाशक्ति, मेहनत र सही व्यवस्थापन भए उत्कृष्ट उपलब्धि हासिल गर्न सकिन्छ भन्ने सन्देश विद्यालयले दिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार