नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको बलिदानलाई बिर्सेमा संसद भवन ढल्ने चेतावनी दिएका छन् । मंगलबारको प्रतिनिधिसभामा बोल्दै उनले निर्वाचन परिणामको हिसाबले खुम्चिए पनि वातावरण बनाउन आफ्नो दलले खेलेको भूमिका स्मरण गरे ।
‘मलाई लाग्छ, त्यो महान् बलिदानलाई बिर्सेको दिन यो भवन आफैँ ढल्नेछ,’ उनले भने । प्रचण्डले संघीय संसदमा समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई आफ्नो पार्टीको निर्वाचन परिणामभन्दा पनि ठूलो उपलब्धि ठानेको बताए ।
उनले क्रान्ति, बलिदान र लामो संघर्षको जगमा प्राप्त भएको यो प्रतिनिधित्वलाई ‘रगतले लेखिएको कथा’को संज्ञा दिए । ‘परिणामका दृष्टिले सानो ठूलो जो–जेसुकै भए पनि संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गतको यो प्रतिनिधिसभामा महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारू, उपेक्षित उत्पीडित समुदाय र वर्गको इन्द्रधनुषी प्रतिनिधित्व मेरा लागि पार्टीको विजयभन्दा महत्त्वपूर्ण छ, महत्त्वपूर्ण रहनेछ,’ उनले भने ।




प्रतिक्रिया दिनुहोस्