मापसे गरेर सरकारी गाडी चलाएका गोदावरीका मेयर भट्टलाई ३५ हजार क्षतिपूर्ति तिराइने

धनगढी । मादक पदार्थ सेवन (मापसे) गरेर सरकारी गाडी चलाउँदा दुर्घटना गराएका गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टलाई धनगढी उपमहानगरपालिकाले ३५ हजार रुपैयाँ क्षतिपूर्ति तिराउने भएको छ ।

शनिबार राति मेयर भट्टले चलाएको सुपप्र ०१–००१ झ ६०१ नम्बरको सरकारी गाडी मोहनापुल–अत्तरिया ६ लेन सडकखण्ड अन्तर्गत गेटा क्षेत्रमा दुर्घटनामा परेको थियो । दुर्घटनाका क्रममा सडक छेउमा जडान गरिएको रेलिङमा क्षति पुगेको थियो ।

धनगढी उपमहानगरपालिकाका प्राविधिक टोलीले घटनास्थलको निरीक्षणपछि रेलिङ मर्मतका लागि करिब ३५ हजार रुपैयाँ खर्च लाग्ने अनुमानसहितको स्टमेट तयार गरेको जनाएको छ । सोही आधारमा क्षतिपूर्ति रकम मेयर भट्टबाट असुल गर्ने प्रक्रिया अघि बढाइएको हो ।

उपमहानगरपालिकाले उक्त रकमको नगदी रसिद काटेर बुझाउन नगर प्रहरीलाई कैलाली गाउँस्थित प्रहरी चौकी पठाएको थियो । तर, मेयर भट्टका तर्फबाट वारेस पठाइएपछि उनले स्वयंले नै क्षति भएको संरचनाको मर्मत गराउने प्रतिबद्धता जनाएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने व्यक्तिबाट क्षतिपूर्ति असुल गर्दै मर्मत सम्भार गराउने नीति अनुसार प्रक्रिया अघि बढाइएको स्पष्ट पारेको छ ।

स्थानीयका अनुसार शनिबार राति मदिरा सेवन गरेका अवस्थामा रहेका मेयर भट्टले आफैं चलाएको गाडी दुर्घटनाग्रस्त भएपछि स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले मापसे गरेर सवारी चलाएको आरोपमा पाँच सय रुपैयाँ तथा लापरवाहीपूर्वक सवारी चलाएको भन्दै थप पाँच सय रुपैयाँ गरी कुल एक हजार रुपैयाँ जरिवाना गराएर गाडी छाडेको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार