गायक रामकृष्ण ढकाल ले सामाजिक सञ्जालमा आफ्नो चरित्र हत्या गरिएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन् । आफूविरुद्ध भ्रामक प्रचार, गालीगलौज र मानहानि गरिएको भन्दै उनले संलग्नमाथि कानुनी कारबाही गर्न माग गरेका हुन् ।
ढकालले जापानबाट सञ्चालित एक फेसबुक पेजसहित केही आईडीमार्फत निरन्तर घृणा फैलाइएको दाबी गरेका छन् । पछिल्लो समय रास्वपा सभापति रवि लामिछाने लाई नख्खु कारागारबाट निकाल्ने क्रममा गाडी चलाएको विषयलाई लिएर सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको थियो |




प्रतिक्रिया दिनुहोस्