प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडौँ।

संवैधानिक परिषद्काे बैठकले बिहीबार गरेकाे नयाँ प्रधान न्यायाधीश नियुक्ति सम्बन्धी सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएकाे छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्चमा रिट पेश गर्दै चौथो वरीयतामा रहेका डा. मनोजकुमार शर्मालाई प्रधान न्यायाधीशका लागि गरिएको सिफारिस संविधानको आधारभूत परिकल्पनाविपरीत रहेको दावी गरेका हुन् । उनले उक्त सिफारिसले न्यायिक स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप हुने तथा न्यायपालिकालाई कार्यपालिका मातहत ल्याउने प्रयास भएको जिकिर गरेका छन् ।

रिटमार्फत उनले संवैधानिक परिषद्को सिफारिस बदर गरी पहिलो वरीयतामा रहेकी सपना प्रधान मल्ललाई प्रधान न्यायाधीशमा सिफारिस गर्न परमादेश जारी गर्न माग गरेका हुन् । वरिष्ठ अधिवक्ता त्रिपाठीले रिट हाल दर्ता प्रक्रियामा रहेको बताए ।

प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार पहिलो वरीयताकी सपनाप्रधान मल्ललाई रोकेर चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिसको निर्णय बहुमतबाट गराएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार