सरकारको सुरुआती लक्षण राम्रो छैन, धेरै आश नगर्नू : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले सरकारको लक्षण राम्रो नदेखिएको बताएका छन् ।

अन्तर्राष्ट्रिय मजदुर  दिवसका अवसरमा नेकपाले काठमाडौंमा आयोजना गरेको  कार्यक्रममा उनले सरकारले एक सय दिन पनि पूरा नगरेको अवस्थामा लक्षण राम्रो नदेखिएको बताए ।

जनतालाई पीडा र यातना दिने काम नगर्न उनले सरकारलाई आग्रह गरे । नयाँ सरकारको सुरुदेखिको कामले लक्षण राम्रो नदेखिएको भन्दै वर्तमान सरकारसँग धेरै आशा गर्ने अवस्था नरहेको उनको भनाइ छ ।

तत्कालको कदमबाट आत्तिनु नहुने उनको भनाइ छ । “तत्कालको कुनै  सरकारी  दमनपूर्ण कदमहरूबाट आत्तिनु हुँदैन । न्यायको पक्षमा दृढताका साथ उभिनुपर्छ,” उनले भने । अधिकारका निम्ति एकताबद्ध हुनुपर्ने उनको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार