अमेरिकी विशेष दूत नेपाल आउँदै, मागे प्रधानमन्त्रीसँग भेटवार्ताको लागि समय


काठमाडौं । दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी विशेष दूत सर्जियो गोर बिहीबार (जेठ १७ गते) काठमाडौं आउने भएका छन् ।

भारतको लागि अमेरिकी राजदूतसमेत रहेका गोरले प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गर्नको लागि समय पनि मागेका छन् ।

“अमेरिकी विशेष दूत आउँदै हुनुहुन्छ,” परराष्ट्र मन्त्रालय स्रोतले बाह्रखरीसँग भन्यो, “प्रधानमनन्त्रीज्यूसँग शिष्टाचार भेटवार्ताको लागि समय माग गर्नुभएको छ ।”

स्रोतका अनुसार, अमेरिकी विशेष दूत गोरले वैशाख १८ वा १९ गतेमध्ये एक दिन भेटवार्ता मिलाइदिन अनुरोध गरेका छन् । उनले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री भएपछि अमेरिकाको तर्फबाट नेपाल भ्रमण गर्ने उनी दोस्रो उच्चस्तरीय पाहुना हुन् । यसअघि दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री पल कपुर वैशाख ३ गते तीन दिने नेपाल भ्रमणमा आएका थिए ।

नेपाल भ्रमणमा रहँदा कपुरले परराष्ट्रमन्त्री खनाल र अर्थमन्त्री वाग्लेसँग शिष्टाचार भेटवार्ता गरेका थिए । कपुरले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग पनि भेटवार्ता गरेका थिए  ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार