टीकापुरमा सरकारी जमिन अतिक्रमण हटाउन डोजर अभियान तीव्र

कैलालीको टीकापुर नगरपालिकाले सरकारी जमिन अतिक्रमण गरेर बनाइएका बस्ती र संरचना हटाउन अभियान सुरु गरेको छ। प्रमुख प्रशासकीय अधिकृत सुमन धितालका अनुसार नगरभित्र अतिक्रमित क्षेत्र खाली गराउने उद्देश्यले डोजर प्रयोग गरेर संरचना हटाउन थालिएको हो।

यसअन्तर्गत आज टीकापुर नगरपालिका–१ को जमरा पुलदेखि बसपार्क क्षेत्रसम्म रहेका अवैध संरचना हटाउने काम अघि बढाइएको छ। नगरका विभिन्न स्थानमा सरकारी जग्गा अतिक्रमण भएको भेटिएपछि यो अभियान सञ्चालन गरिएको जनाइएको छ।

अभियानलाई थप प्रभावकारी बनाउन नगरपालिकाले वडास्तरमै अतिक्रमणको तथ्यांक संकलन गर्ने काम पनि अघि बढाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार