धनगढीमा फोहोर व्यवस्थापन अब पाठ्यक्रममा, सीप र रोजगारीसँग जोडिने पहल

धनगढी उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनलाई व्यवस्थित र दिगो बनाउने लक्ष्यसहित यस विषयलाई औपचारिक शिक्षामा समावेश गर्ने पहल थालेको छ। अब फोहोर व्यवस्थापनसम्बन्धी ज्ञान पाठ्यपुस्तकमार्फत सिकाइनेछ, जुन काठमाडौँ विश्वविद्यालयको प्राविधिक सहयोगमा तयार गरिएको हो र व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) बाट स्वीकृत भइसकेको छ।

यस पाठ्यक्रममा फोहोरको उचित व्यवस्थापन, वर्गीकरण, पुनःप्रयोग र रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखिएको छ। सोही अनुसार तालिम कार्यक्रम पनि सुरु भइसकेको छ। आइतबार आयोजित उद्घाटन कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले औपचारिक रूपमा कार्यक्रमको सुरुवात गरे।

उपमहानगरपालिकाले नेपालमै पहिलोपटक फोहोर व्यवस्थापनलाई औपचारिक पाठ्यक्रमका रूपमा अघि बढाएको दाबी गरेको छ। अहिलेसम्म यस विषयमा व्यवस्थित शैक्षिक सामग्रीको अभाव रहेको अवस्थामा यो पहललाई महत्वपूर्ण र नवीन कदमका रूपमा हेरिएको छ।

उपप्रमुख कन्दकला कुमारी रानाका अनुसार यो कार्यक्रमले फोहोर व्यवस्थापनप्रति जनचेतना बढाउनुका साथै शहरको सरसफाइमा सकारात्मक प्रभाव पार्नेछ। टीकापुर पोलिटेक्निक इन्स्टिच्युटका प्रमुख इन्जिनियर पारश खड्काले तयार गरिएको पुस्तकले दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

हाल उपमहानगरपालिकाले सहरी क्षेत्रमा फोहोरको सूक्ष्म वर्गीकरण, संकलन र व्यवस्थापन गर्दै आएको छ। साथै, क्षेत्रीय सहरी विकास परियोजनाअन्तर्गत अत्याधुनिक फोहोर व्यवस्थापन केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

तालिम कार्यक्रममार्फत सहभागीहरूलाई फोहोर व्यवस्थापन, सीप विकास, उपकरणको प्रयोग, विद्युतीय फोहोर संकलन तथा पुनःप्रयोग र रोजगारी सिर्जनासम्बन्धी ज्ञान प्रदान गरिनेछ। कार्यक्रममा बोल्दै चिरिबाबु महर्जनले धनगढीको यो अभ्यास अन्य सहरका लागि उदाहरणीय हुन सक्ने उल्लेख गर्दै फोहोर पुनःप्रयोगमा विशेष जोड दिनुपर्ने बताए। साथै, उनले बञ्चरे डाँडामा पठाइने फोहोरको मात्रा घटाउनुपर्ने आवश्यकता पनि औंल्याए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार