कैलाली जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले भन्सार छली गरेर अवैध रूपमा भित्र्याइएका सामानहरू बरामद गरेको छ।
शनिबार धनगढी उपमहानगरपालिका–२ स्थित शारदा स्कुल नजिक र कैलारी गाउँपालिका–३ को भितरिय क्षेत्रमा करिब १ लाख ३२ हजार रुपैयाँ बराबरका धोती, कुर्ता, साडी र धनियाँलगायतका सामग्री बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त गस्ती टोलीले ती सामान बरामद गरी आवश्यक प्रक्रिया पूरा गर्दै नियन्त्रणमा लिएको हो।
हालसम्म ती सामान कसले ल्याएको हो भन्ने खुलेको छैन र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।




प्रतिक्रिया दिनुहोस्