बाजुरा–कालीकोट सीमामा डोजर दुर्घटना, एक जना बेपत्ता

बाजुरा र कालीकोटको सिमानामा पर्ने लैफुडाँडामा डोजर दुर्घटना हुँदा एक व्यक्ति बेपत्ता भएका छन्। कर्णाली कोरिडोर सडक निर्माणका क्रममा सञ्चालनमा रहेको डोजर करिब १५० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ।

डोजरमा चालकसहित तीन जना सवार थिए। दुर्घटनामा चालक र अर्का एक जना सुरक्षित रहे पनि एक जना भने हालसम्म सम्पर्कविहीन छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ र बेपत्ता व्यक्तिको खोजी कार्य जारी छ।

प्रहरीले खोज तथा उद्धारलाई तीव्र बनाएको छ भने आवश्यक सहयोगका लागि कालीकोटबाट नेपाली सेनाको टोलीसमेत परिचालन गर्ने तयारी भइरहेको जानकारी दिइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार