आईपीएल आज: चेन्नई–गुजरात र लखनऊ–कोलकाता आमनेसामने

आईपीएल २०२६ मा आज (आइतबार) दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा चेन्नई सुपर किंग्स र गुजरात टाइटन्स भिड्दैछन्।

चेन्नईको एमए चिदम्बरम स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेबाट सुरु हुँदैछ।  

जारी प्रतियोगितामा ७ खेल खेलिएकोमा चेन्नईले तीन खेल जित्दा चार खेलमा हार बेहोरेको छ। उता गुजरातले पनि सात खेल खेल्दा तीन खेल जितेको छ भने चार खेल हारेको छ। चेन्नई अंक तालिकामा पाँचौं स्थानमा छ भने कमजोर नेट रन रेटको कारण गुजरात सातौं स्थानमा छ।

यी दुई टोलीबीच अहिलेसम्म आईपीएलमा आठ खेल खेलिएको छ। जसमा दुबै टोलीले चार चार जितेका छन्।  

यस्तै, दिनको दोस्रो खेलमा लखनऊ सुपर जायन्ट्स र कोलकाता नाइट राइडर्स प्रतिस्पर्धा गर्दैछन्। लखनऊको घरेलु मैदान एकाना स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बजेबाट सुरु हुनेछ।

यो सिजनमा लखनऊ र कोलकाता दोस्रो पटक आमनेसामने हुन लागेका हुन्। अप्रिल ३ मा भएको खेलमा लखनऊले कोलकातालाई ३ विकेटले हराएको थियो।  

जारी प्रतियोगितामा लखनऊले सात खेलमध्ये दुई जितेको छ भने कोलकाताले सात खेलमध्ये एक मात्र जितेको छ। लखनऊ अंकतालिकाको नवौँ स्थानमा छ भने कोलकाता अन्तिममा रहेको छ।

आईपीएलमा अहिलेसम्म दुई टोलीहरूबीच खेलिएका सात खेलमध्ये लखनउले पाँच खेल जितेको छ भने कोलकाताले दुई मात्र जितेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार