डडेल्धुरामा झाडापखालाबाट बालकको मृत्यु, तीन जना धनगढी रेफर

डडेल्धुरामा झाडापखालाले एक बालकको मृत्यु भएको छ । भित्रीमधेश क्षेत्र परशुराम नगरपालिका– २ का सात वर्षीय बालक युवराज बुढामगरको मृत्यु भएको हो ।

अत्यधिक पखला र वान्ता लागेपछि उनलाई उपचारका लागि जोगबुडा प्रादेशिक अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

जोगबुडा प्रादेशिक अस्पतालका सूचना अधिकारी प्रकाश घिमिरेका अनुसार पखाला लागेका बुढामगरकै परिवारका अन्य तीन जनालाई अस्पतालमा पुगाइएको थियो । हैजाको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको बताउँदै घिमिरेले फूड पोइजनको आशंका गरिएका कारण उनीहरूलाई उपचारका लागि धनगढी रेफर गरिएको जानकारी दिए ।

मृतककी आमा मञ्जु बुढामगरलाई पनि धनगढी रेफर गरिएको छ । उनमा अरु समस्या नदेखिए पनि छोराको मृत्युपछि विक्षिप्त भएर बेहोस भएका कारण उपचारका लागि धनगढी रेफर गरिएको प्रादेशिक अस्पतालका सूचना अधिकारी घिमिरेले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार