महान्यायाधीवक्ता विरुद्धको रिट निवेदनमा सर्वोच्चमा सुनुवाइ हुँदै

१० वैशाख, काठमाडौं । योग्यता नपुगेको व्यक्तिलाई महान्यायाधीवक्ता नियुक्त गरिएको दाबट्ठ सहित पेस भएका तीन फरक रिट निवेदनमाथि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ सुरु भएको छ ।

न्यायाधीश कुमार रेग्मीको इजलासमा तीन फरक रिट निवेदनमाथि एकसाथ सुनुवाइ भइरहेको हो । अधिवक्ता माधव बस्नेत, शिवराज बरालसहित आठ जना तथा अधिवक्ता दिपकराज जोशीसहित पाँच जनाले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दिएका थिए ।

उनीहरूले पेस गरेको रिट निवेदन सुरुमा सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको थियो । पछि एकल इजलासकै आदेशबाट दरपीठ आदेश बदर भई रिट निवेदनहरू दर्ता भएका हुन् ।

सर्वोच्च अदालतको न्यायाधीश सरहको पद मानिने महान्यायाधीवक्ताका लागि निरन्तर १५ वर्ष वकालत गरेको हुनुपर्छ ।

महान्यायाधीवक्ता डा. नारायणदत्त कँडेल लामो समय बेलायत बसेर व्यवसाय गरेको र उनको निरन्तर १५ वर्ष वकालतको अनुभव नपुग्ने भन्दै रिट निवेदनहरूमा उनलाई पदमुक्त गर्न माग राखिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार