महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

अछाममा एक जना ३० वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। 

मकवानपुर हेटौंडा उपमहानगरपालिका–२ का ५८ वर्षीय राजन फुयाँल शर्मा पक्राउ परेका हुन्। 

अछामका प्रहरी प्रमुख डिएसपी ओमप्रकाश खनालका अनुसार शर्मालाई फागुन ७ गते मंगलसेन नगरपालिका–५ बाट पक्राउ गरिएको हो। 

बलात्कारपछि ती महिलाको ७ हप्ताको गर्भ रहेको तथ्य चेकजाँचपछि पत्ता लागेको थियो। उनी मानसिक सन्तुलन गुमाएकी महिला हुन्।

पीडितलाई सेफ हाउसमा राखेर काउन्सिलिङ र सोधपुछ गर्दै गोप्य रूपमा शंका लागेको व्यक्तिमाथि अनुसन्धान गर्दा शर्मा पक्राउ परेका हुन्। 

शर्मा ज्यालादारी मजदुरीको काम गर्ने व्यक्ति हुन्। 

पीडितको घरनजिकै रहेको विद्यालयमा ज्यालादारी मजदुरीको काम गर्न गएका शर्माले विद्यालयको निर्माणाधीन भवनभित्र लगेर बलात्कार गरेको तथ्य अनुसन्धानबाट खुलेको डिएसपी खनालले बताए। 

विद्यालयको काम सकिएपछि त्यो ठाउँ छोेडेर अन्यत्र मंगलसेन गइसकेको शर्माको पहिचान गरी प्रहरीले पक्राउ गरेको थियो। 

मंगलबार पीडितले आफन्तको सहयोगमा शर्माका विरूद्ध किटानी जाहेरी दर्ता गरेकी थिइन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार