युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी

एजेन्सी– युद्धविरामको बावजुत दक्षिणी लेबनानका विभिन्न क्षेत्रहरूमा  इजरायली हवाई आक्रमण जारी रहेको जनाइएको छ । आक्रमण  खियाम, मेस अल जबल र बेइट लाइफ लगायतका सहरहरूलाई लक्षित गरी भएको जनाइएको छ ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सीले खियाम सहरको अल जल्लाहिया क्षेत्रमा आगोको मुस्लो र चर्को आवाजमा इजरायली सेनाले विस्फोट गराएकोको जनाएको छ । 

इजरायली सेनाले बेइट लाइफ सहरमा इजरायलले आक्रमण गरी सहरका घरहरू नष्ट गरेको जनाइएको छ ।

लेबनानको विपद् जोखिम व्यवस्थापन विभागले आक्रमणका कारण दुई हजार ४५४ को मृत्यु हुनुका साथै सात हजार ६५८ जना घाइते भएको जनाएको छ।

 यसै गरी विभागले ३० हजार ८१५ परिवारका एक लाख १८ हजार ६२४ जना मानिसहरू आक्रमणका कारण विस्थापित भई आश्रयमा  रहेको उल्लेख गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार